ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

वेलकम खबर
माघ ४, २०८२

ताप्लेजुङ । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० जनाले आवेदन दिएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका लागी ९५० जनाले आवेदन दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ८९४ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घामा ५६ जना गरी जम्मा ९५० जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङका लागी ८९२ जना निर्वाचन प्रहरीको माग गरिएको थियो ।

माघ १ गते सम्मको लागी आवेदन खुला गरिएको पति माग अनुसार आवेदन नपरेकाले पुनः माघ ३ गते सम्मको लागी म्याद थप गरिएको थियो । अब सोमबारदेखि बुधबारसम्म आवेदकहरूको प्रारम्भिक शारीरिक परिक्षण सुरु गरिने सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक जट्टा शंकर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदकले नागरिकता र प्रवेश पत्र सहित उपस्थित हुनु पर्ने छ ।

आवेदकको परीक्षा भानु जन माविको खेल मैदानमा सञ्चालन गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*