सभापति देउवाले महामन्त्रीद्वय गगन-विश्वसँग वार्ता गर्ने

वेलकम खबर
पुस २८, २०८२

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरसँग छलफल गर्ने तयारी गरेका छन्।सोमबार आफूनिकट नेताहरूसँग छलफल गर्दै सभापति देउवाले पार्टीलाई एकताबद्ध गर्न महाधिवेशन पक्षधरसँग छलफल गर्ने बताएएका हुन्। सभापति देउवा र कार्यवहाक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने निष्कर्ष निकालिएको नेताहरूले जनाएका छन्।छलफलपछि कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले सभापति देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएको जानकारी दिए। केन्द्रीय समिति एकढिक्का भएर पार्टीलाई जोगाउने र एकढिक्का बनाउन आह्वान गर्ने उनको भनाइ छ। उनले नियमित महाधिवशेनले नै पार्टीको नयाँ नेतृत्व चयन गर्ने उल्लेख गरे।

त्यस्तै कांग्रेस नेता डा शशांक कोइरालाले वार्ताबाटै सवै कुराको समाधान गर्नुपर्ने सुझाव दिएको बताए। वार्ता र संबादमा जोड नदिए पार्टी विभाजन हुन सक्ने उनको भनाइ छ। त्यसअघि सोमबार नै कांग्रेस नेता शेखर कोइरालाले पनि सभापति देउवासँग छलफल गर्दै वार्ताका माध्यमबाट पार्टीलाई जोगाउन आग्रह गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*