योगेश भट्टराई सहित पाँच जनाको नाम सिफारिस
ताप्लेजुङ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले ताप्लेजुङले केन्द्रीय उपमहासचिव योगेश भट्टराई सहित पाँच जनाको नाम सिफारिस गरेको छ ।
शनिबार सम्पन्न पार्टीको जिल्ला कमिटि बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारमा उपमहासचिव भट्टराई सहित कोशी प्रदेशका सांसद एवं केन्द्रीय सदस्य तिलकुमार मेन्याङवो, युवा संघका केन्द्रीय अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य क्षितिज थेवे, कोशी प्रदेशका पुर्व मन्त्री एवं पुर्व केन्द्रीय सदस्य टंक आङबोहाङको नाम सिफारिस गरेको प्रचार विभाग प्रमुख एवं जिल्ला कमिटी सचिव सन्तोष चाम्लिङले जानकारी दिए ।
चाम्लिङका अनुसार फुङलिङ नगरपालिका उपप्रमुख एवं जिल्ला कमिटी उपसचिव भिमादेवी ओझाको नामपनि सिफारिस गरिएको छ । उपसचिव भट्टराई २०७९ र २०७४को निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भएका थिए।
पासाङ शेर्पा, शिवकुमार गुरुङ, महेश गुरगाई र चित्रगुप्त साँवा लेपनि उम्मेद्धारका लागि पार्टीमा प्रस्ताव गरेका थिए । तर उनिहरुको प्रस्ताव मात्रै आएकाले शशरिर उपस्थित हुनेको नाममात्रै सिफारिस गरिएको चाम्लिङले जानकारी दिए ।



















