इलाम-२ बाट एमालेले गर्‍यो सुहाङलाई उम्मेदवार सिफारिस

वेलकम खबर
पुस १९, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई सिफारिस गरेको छ । पार्टीको शनिबार बसेको जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा एकल सिफारिस गरेको हो ।

सुहाङ एमालेका केन्द्रीय सदस्य हुन् । गत ०८० वैशाख १५ गते भएको उपनिर्वाचनमा सुहाङ सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनका बुवा सुवास नेम्वाङको निधनपछि रिक्त रहेको क्षेत्रमा एमालेले उनलाई उम्मेदवार बनाएको थियो ।

त्यतिबेला कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि २७ हजार ७७२ मतसहित सुहाङ विजयी भएका थिए ।सुहाङ एमालेको युवा जमातमा लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*