पूर्वगृहमन्त्री लेखकको स्थानहद फुकुवा

वेलकम खबर
पुस १७, २०८२

काठमाडौँ। भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकको विदेश भ्रमणमा लगाइएको रोक फुकुवा गरिएको जानकारी गृह मन्त्रालयलाई गराएको छ।

आयोगको सचिवालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा छानबिनको सिलसिलामा लेखकको विदेश भ्रमणमा रोक लगाउने र काठमाडौँ उपत्यका नछोड्न दिने व्यवस्था गरिएको भए पनि उक्त निर्णय कार्यान्वयन भइसकेकाले अब रोक फुकुवा गर्न सकिने उल्लेख गरिएको छ।

पत्रअनुसार, आयोगको गत असोज १२ गते बसेको बैठकले पूर्व निर्णयअनुसार लेखकको विदेश भ्रमण तथा उपत्यका नछोड्ने व्यवस्था पूरा भइसकेको ठहर गर्दै आजदेखि लागू हुने गरी भ्रमण फुकुवा गर्ने निर्णय गरेको हो।

छानबिन आयोगले उक्त निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयसँग समन्वय गर्न अनुरोध गरेको छ। आयोगको निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र स्वयं पूर्व गृहमन्त्री लेखकलाई समेत बोधार्थ पठाइएको छ।

भदौ २३ र २४ का घटनाबारे सत्य तथ्य पत्ता लगाउन गठित आयोगले यसअघि अनुसन्धानको प्रभावकारिताका लागि सम्बन्धित व्यक्तिहरूको आवतजावतमा कडाइ गरेको थियो। आयोगको पछिल्लो निर्णयसँगै लेखकको विदेश यात्रा सम्बन्धी कानुनी अवरोध हटेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*