प्रदिप मादेन उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजक

मदन गौतम
पुस १३, २०८२

ताप्लेजुङ । उज्यालो नेपाल पार्टी ताप्लेजुङको  संयोजकमा प्रदीप मादेन चयन हुनुभएको छ । फुङ्लिङमा शनिबार भएको कार्यकर्ता भेलाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ संरक्षक रहेको पार्टीले ताप्लेजुङमा आफ्ना सङ्गठन विस्तार गरेको पार्टीको केन्द्रीय सदस्य डा. महेन्द्र लावतीले बताउनुभयो । उज्यालो पार्टीले समिति विस्तारसँगै युवा तथा महिला परिचालनका लागि सम्पर्क व्यक्तिहरू समेत तोकेको छ । महिला सम्पर्क समितिमा नरकुमारी नाल्बो र युवा सम्पर्कमा सरगम शेर्पा, लिला पालुङ्वा र लाजरस लिम्बूलाई जिम्मेवारी दिइएको उज्यालो नेपाल पार्टी ताप्लेजुङले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*