प्रमुख दल निर्वाचनमा जान तयार, फागुन २१ को चुनावमा सहमति

वेलकम खबर
पुस १२, २०८२

काठमाडौँ।आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्।शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा तीन दलका शीर्ष नेताहरूले चुनावमा जाने प्रतिबद्धता जनाएका हुन्।

बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दल निर्वाचनमा जान तयार रहेको बताउँदै सरकारले सुरक्षा वातावरण सुनिश्चित गर्नुपर्ने धारणा राखे। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ॅप्रचण्ड’ले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*