ताप्लेजुङमा करदाता सेवा सुरु
ताप्लेजुङ । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने सेवा सुरु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङबाट उक्त सेवा सुरु भएको हो ।
यसअघि ताप्लेजुङका सेवाग्राहीले छिमेकी जिल्ला पाँचथरबाट सेवा लिदैआएका थिए । सोही सेवालाई कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङबाट सुरु गरिएको कोष नियन्त्रक यमनाथ गिरिले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यलयलाई युजर आईडी र पासवर्ड प्राप्त भएसँगै शुक्रबारदेखि सेवा सुरु गरिएको छ ।
ताप्लेजुङ जिल्लाका लागि यो कार्य सुखद र सकारात्मक पक्ष भएको पनि नियन्त्रक गिरीको भनाइ छ । ताप्लेजुङमा करदाता सेवा कार्यालय नहुँदा जिल्लावासी सेवाग्राहीहरुले सास्ती खेप्दै आएका थिए।



















