बिहानदेखि ‘म्याराथन मिटिङ’ मा व्यस्त छन् बालेन, क–कसलाई भेटे?

वेलकम खबर
पुस १०, २०८२

फागुन २१ को निर्वाचनलाई लक्ष्य गर्दै विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्वविवेकशील साझाका नेताहरूसँग मिलेर नयाँ राजनीतिक समीकरण बनाउने कार्यलाई तीव्रता दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बिहीबार बिहानैदेखि ‘म्याराथन मिटिङ’ मा व्यस्त छन्।

उनी विभिन्न दलका नेता, जेनजी प्रतिनिधि र पूर्व विवेकशील साझाका नेतालाई ‘देश विकास पार्टी’ मा जोड्ने र त्यही पार्टीमार्फत् आगामी निर्वाचनमा देशव्यापी उम्मेदवारी दिने तयारीमा छन्।

त्यही तयारी क्रममा आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको ललितपुर कुपण्डोलस्थित निवासमा बिहीबार बिहानैदेखि म्याराथन मिटिङ गरेका हुन्।उनले बिहान सबभन्दा पहिला ऊर्जामन्त्री कुलमान घिसिङलाई भेटेका थिए।

उज्यालो नेपाल पार्टी खोलेर औपचारिक राजनीतिमा प्रवेश गरेका घिसिङ र बालेन एक भएर अघि बढ्ने कुरा लगभग टुंगो लागिसकेको बालेन निकट स्रोत बताउँछ।घिसिङ निकट उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ। यो अवस्थामा उज्यालो नेपाल पार्टी निष्क्रिय बनाएर कुलमान नै बालेनको देश विकास पार्टीमा सामेल हुने कुरा भइरहेको छ। यसमा कुरा मिलेन भने दुवै पार्टी एकता गरेर जाने विकल्प पनि खुला रहेको बालेन निकट स्रोतले बतायो।

देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता छ। यसका अध्यक्ष सन्ध्या खनाल छिन् भने चुनाव चिह्न ‘लौरो’ छ। लौरो चिह्नबाटै २०७९ को स्थानीय तह निर्वाचनमा बालेन काठमाडौंको मेयर निर्वाचित भएका थिए।को स्थानीय तह निर्वाचनमा बालेन काठमाडौंको मेयर निर्वाचित भएका थिए।
यसबीच बिहान बालेनसँग मिटिङ गरेका कुलमानले दिउँसो उज्यालो नेपालको पार्टी कार्यालय उद्घाटन गर्दै भनेका थिए,नयाँ शक्ति सबै मिलेर जानुपर्छ कुलमानसँगको भेटपछि बालेनले नेपाली कांग्रेसका नेता सुनील शर्मालाई भेटे। शर्मा नेपाली कांग्रेसका निवर्तमान सांसद हुन्। उनी मोरङ ३ बाट निर्वाचित भएका थिए।शर्मापछि बालेनको भेट्ने सूचीमा थिए, राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सभापति रवि लामिछाने।बालेनले आफ्नो राजनीतिक भेटवार्तालाई तीव्रता दिएको सोमबार राति लामिछानेसँग भएको ुवान अन वानु भेटपछि नै हो।
उक्त भेटवार्तामा लामिछानेले बालेनलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढाउँदै सहकार्य गर्न प्रस्ताव गरेका थिए। तर ठोस प्रस्ताव केही नआएकाले बालेन आफ्नो तर्फबाट छुट्टै राजनीतिक समीकरण बनाउने तयारीमा अघि बढेको उनी निकटहरू बताउँछन्।

रास्वपाले राखेको त्यही प्रस्तावलाई लिएर निर्णायकु वार्ता गर्न बालेनले रविलाई कुपण्डोलमा डाकेका हुन्।बिहीबारको भेटवार्तामा के निष्कर्ष निस्कियो भन्नेबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन।
बालेनलाई भेटेर निस्किएका लामिछानेलाई पत्रकारहरूले वार्तामा के भयोु भनेर सोधेका थिए। उनको जबाफ थियो, मेरो अनुहार हेरेर के लाग्छरुु

त्यसपछि पत्रकारहरूले आगामी चुनावमा बालेनको लौरो टेक्ने कि घन्टी बजाउनेरुु भनेर प्रश्न गरे।जबाफमा उनले भने, यो समयले बताउलायसबाहेक उनले वार्तामा के भयो, बालेनलाई नै प्रधानमन्त्री बनाएर अघि बढ्ने विषयमा के प्रगति भयो भन्नेबारे केही जानकारी दिएनन्।

स्रोत अनुसार बालेन र रविबीच दिउँसो भएको भेटवार्ता सकारात्मक भए पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन। उनीहरू बिहीबार राति फेरि भेट्ने भएका छन्।रवि लामिछाने बाहिरिएपछि निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंह उनलाई भेट्न पुगेका थिए।

अमरेश र बालेनको भेट भएको यो दोस्रो पटक हो। उनीहरूबीच बुधबार पनि भेटवार्ता भएको थियो।अमरेश केही समय अघिसम्म बालेनका आलोचक थिए। बालेनले काठमाडौं महानगरको मेयरका रूपमा कबाडी व्यवसायीमाथि ज्यादती गरेको उनले प्रतिनिधिसभा बैठकमै बोलेका थिए। मेयर बालेन कबाडी व्यवसायीमाथि ुहिटलर शैलीु मा प्रस्तुत भएको उनको आरोप थियो।

बालेनसँगको भेटपछि अमरेशले ुअझै दुई(चार राउन्ड छलफल गरेर निष्कर्षमा पुग्नेु बताएका थिए।अमरेशपछि बालेनलाई भेट्न पुगे रास्वपाका पूर्वसांसद शिशिर खनाल।जुन दिन बालेन र रविको ६ घन्टा लामो भेटवार्ता भयो, त्यसै दिन साँझ शिशिरले कान्तिपुर टेलिभिजनको ुफायरसाइडु कार्यक्रममा पत्रकार रूपेश श्रेष्ठलाई अन्तर्वार्ता दिँदै रास्वपाले बालेनलाई पनि प्रधानमन्त्रीका रूपमा अघि सार्न सक्ने बताएका थिए।

ुमेयर बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्न सकिने पात्रका रूपमा रास्वपाले बुझेको छरुु भन्ने प्रश्नमा खनालको जबाफ थियो, एकदमै, पार्टी सभापति ९रवि लामिछाने० स्वाभाविक हकदार हो हाम्रा लागि। त्योभन्दा बाहिरका पात्र हेर्दा कुलमान घिसिङ एकदमै स्वाभाविक पात्र हो। अर्को स्वाभाविक पात्र काठमाडौं महानगरका मेयर बालेन शाह पनि हुनुहुन्छ।

शिशिरलाई भेटेपछि बालेनले रक्षा बम, पुरूषोत्तम यादव, युजन राजभण्डारी, रोहनराज दंगाल, जेम्स कार्की, सुदन गुरूङ लगायतका जेनजी प्रतिनिधिसँग कुराकानी गरे।त्यस क्रममा बालेनले आफूहरूसँग राजनीतिको नयाँ अध्याय सुरू गरेको बताएको जेनजी अगुवा प्रदीप ज्ञवालीले जानकारी दिए।

ुवैकल्पिक शक्ति भनिरहेका छौं। राजनीतिको नयाँ अध्याय सुरू गरेका छौं। सबै जना मिलेर जानुपर्छ,मेयर शाहको भनाइ उदृत गर्दै ज्ञवालीले भने, नजीहरू पनि मिलेर आउनुस् भन्नुभयो।

केही जेनजी प्रतिनिधिले सरकारसँग भएको सम्झौताबारे कुरा राखेको उनले बताए।उक्त भेटमा हामी नेपालु का संयोजक सुदन गुरूङले पनि आफ्ना कुरा राखेका थिए।ुजेनजी र राष्ट्रपतिबीच सम्झौता हुनुपर्छ, नभए गाह्रो पर्छ। हामी जेनजीहरू छुट्टाछुट्टै गएर पनि भएन। म एक्लैले लिने होइन, जसले समन्वय गर्ने हो, गरे हुन्छ, सुदनको भनाइ उद्धृत गर्दै एक जेनजी प्रतिनिधिले भने।

जेनजी प्रतिनिधि युजन राजभण्डारीका अनुसार मेयरले सबै अगाडि आउन अनुरोध गरेको बताए।ुसबै स्वच्छ छवि भएकाहरू अगाडि आउनुपर्‍यो, मिल्नपर्‍यो भनेर उहाँले भन्नुभयो, उनले भने।नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले पनि आफ्नो धारणा राखेकी थिइन्।

ुहामी राजनीतिमा आउँदै गर्दा भर्खरै मिड ट्वान्टिजमा छौं। धेरै कुरा त्यागेर आइरहेका छौं। यो हाम्रा लागि ठूलो कुरा हो। धेरै कुरामा हामी मिलेर जानुपर्छ,बमको भनाइ उद्धृत गर्दै राजभण्डारीले भने।

जेन फोर्सका संयोजक रोहनराज दंगालले रवि लामिछाने र कुलमान घिसिङसँगै मिलेर जाने तयारी रहेको भनेर बालेनले ब्रिफिङ गरेका थिएुएकै ठाउँमा आउने विषयमा रवि र कुलमान सकारात्मक हुनुहुन्छ। तपाईंहरू पनि यसमा सकारात्मक रूपमा सहभागी हुनुस्, बालेनको भनाइ उद्धृत गर्दं दंगालले भने।

जेनजी समूहमा २५ वर्ष पूरा भएकाहरूलाई निर्वाचनमा उम्मेदवार बनाउने पनि बालेनले बताएका छन्।सबैलाई कसरी जिम्मेवारी दिने भन्ने विषयमा छलफल पनि गरौंला,ु बालेनले जेनजीहरूलाई भनेका थिए।जेनजीसँगको भेटपछि उनले साँझ साढे ४ बजेतिर प्रगतिशील लोकतान्त्रिक पार्टी  (प्रलोपा०)का नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग भेटवार्ता गरे।

भट्टराईले नयाँ र वैकल्पिक शक्ति बनाउन मेयर बालेनले समन्वय गर्नुपर्ने बताएका छन्। भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले नयाँ र वैकल्पिक शक्ति एकजुट भएर जानुपर्ने बताए।ुनयाँ र वैकल्पिक शक्ति बनाएर जानुपर्छ भन्ने मैले भन्दै आएकै कुरा हो। मैले बालेनजीसँग त्यही कुरा राखेँ, नयाँ र वैकल्पिक शक्ति बनाउन तपाईंले समन्वय गर्नुस् भनेको छु, भट्टराईले भने।भट्टराईपछि उनले हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनारसँग भेटे।

सुनारसँगको भेटमा बालेनले आफू राजनीतिमा आएको र नयाँ पार्टीहरूको साथ सहयोग चाहिएको बताएका छन्।ुम राजनीतिमा आएँ, तपाईंहरूको साथ र सहयोग के छरुु भनेर आफूलाई सोधेको सुनारले जानकारी दिए।

जेनजी समूहले उठाएको भ्रष्टाचार र सुशासनको मुद्दासहित नयाँ पार्टीहरू एकजुट भएर अगाडि बढ्नुपर्नेबारे कुराकानी भएको उनले बताए।यसरी बिहानैदेखि ुम्याराथन मिटिङु गरिरहेका मेयर बालेनले आफू संसदीय राजनीतिमा प्रवेश गरेको प्रस्ट सन्देश मात्र दिएका छैनन्, सबै नयाँ शक्ति मिलेर एकीकृत रूपले चुनाव लड्न आह्वान पनि गरेका छन्।

ुम अब सक्रिय राजनीतिमा आएँ, हामी सबै मिलेर चुनावमा जाऊँ, बालेनसँग विभिन्न चरणको छलफलमा सहभागी एक नेताले उनको भनाइ उद्धृत गर्दै सेतोपाटीसँग भने।

बालेनले भेटवार्तामा डाकेका जेनजी प्रतिनिधि र नेताहरूलाई यो राजनीतिक अभियानमा तपाईंहरू मलाई साथ दिनुहुन्छ निु भनेर सोध्ने गरेको ती नेताले जानकारी दिए।

ुम त एउटा निर्वाचन क्षेत्रमा चुनाव उठूँला, तर म मात्र उठेँ भने केही परिवर्तन ल्याउन सकिँदैन। मलाई बाँकी १६४ सिटमा चुनाव उठ्ने मान्छे चाहिएको छ। समानुपातिक सिटका लागि पनि थप मान्छे चाहिएको छ। यसका लागि मलाई यो अभियानमा जोडिन सक्ने वा जोडिन चाहने सबैको साथ र सहयोग चाहिएको छ,ु बालेनले भेटवार्ता क्रममा भन्ने गरेका छन्।

यही उद्देश्यका साथ उनी सबै पक्षसँग निरन्तर छलफलमा जुटेको ती नेताले जानकारी दिए।बालेनले छलफललाई तीव्रता दिनुको एउटा मुख्य कारण समानुपातिक सूची बुझाउने दिन नजिक आएकाले पनि हो।

समानुपातिकको बन्दसूची यही पुस १३ र १४ गते निर्वाचन आयोगमा बुझाउनुपर्नेछ। यसका लागि देश विकास पार्टीले शनिबारसम्म ११० क्षेत्रका उम्मेदवार तय गरेर आयोगमा सूची बुझाउने तयारी भइरहेको स्रोतले जानकारी दियो।

यसअघि बालेनले नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का संरक्षक रेशम चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउत, चिकित्सक डा। भगवान कोइराला लगायतसँग छलफल गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*