प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

वेलकम खबर
पुस ६, २०८२

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था र वर्तमान परिस्थितिबारे छलफल भएको बताइएको छ।

भेटवार्तामा प्रधानमन्त्री कार्की र सभापति लामिछानेसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्ले तथा महामन्त्री कविन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल,तोसिमा कार्की लगायत पनि सहभागी थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*