भोलि बिहान ८ बजेलाई सर्‍यो एमाले मतदान

वेलकम खबर
पुस १, २०८२

काठमाडौ । नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हुने मतदान बुधबार बिहान ८ बजेका लागि सरेको छ।प्राविधिक कारणले मतदान सरेको निवर्तमान महासचिव शंकर पोखरेलले बताएका छन्।आज प्राविधिक कारणले मतदान हुन सकेन, उनले भने, भोलि बिहान ८ बजे भृकुटीमण्डपमै मतदान हुनेछ।

विद्युतीय मेसिनबाट हुने मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला प्राप्त भएकाले इन्ट्री गराउन समय लागेको हो। मेसिन उत्पादक कम्पनीलाई सोमबार राति मात्र उम्मेदवारहरूको नामावली प्राप्त भएको थियो। त्यस अनुसार विवरण इन्ट्री भइसकेको थियो। पार्टीको निर्वाचन आयोगले नामहरू वर्णानुक्रम अनुसार सच्याएर पठायो। त्यस आधारमा इन्ट्री भइसकेको डेटा मिलाउन थप समय लागेपछि निर्धारित समयमा हुन नसकेको बताइएको छ।

मतदानका लागि सयवटा मेसिन राख्ने तयारी भइरहेको छ। एमालेको निर्वाचन आयोगले साँझ ८ बजे मतदान सुरू हुने सूचना प्रकाशित गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*