‘हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई

वेलकम खबर
मंसिर २९, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूहरूले प्यानल बनाएर उम्मेदवारी नदिने बताएका छन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचन आयोगले आफूहरूलाई प्यानल बनाउन चुनाव नलड्न भनेको उनको भनाइ छ ।
उनले भने, ‘सबैले व्यक्तिगत रूपमा उम्मेदवारी दिनुहुन्छ, प्यानल बन्दैन।’उनले पार्टी सचिवालयको निर्णयविपरीत विधान संशोधन हुनु दुभाग्यपूर्ण रहेको टिप्पणी गरे । विधान संशोधन औचित्यपूर्ण नभए पनि हलले स्वीकारेपछि आफूहरू निर्वाचन प्रक्रियामा जान तयार भएको भट्टराईको भनाइ छ ।
उनले थपे, ‘पार्टीको पुरानै नेतृत्वले अहिलेको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्था छैन । नेतृत्वप्रति धेरै प्रश्न उठेको छ । पार्टी पुनर्गठन गरेर नेतृत्व हस्तान्तरण गरेर नयाँ टीमका साथ अगाडि बढाउनुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*