ईश्वर पोखरेल समूहले टुंगो लगायो पदाधिकारी उम्मेदवार

वेलकम खबर
मंसिर २९, २०८२

काठमाडौं । नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ ।

अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ ।यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको एक नेताले बताए ।

उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ । उपमहासचिव उम्मेदवारको सूचीमा बैजनाथ चौधरीको नाम पनि छ ।सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम करिब टुंगो लागेको स्रोतले बतायो ।

ईश्वर पोखरेल समूहले सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखेको छ ।‘लगभग उम्मेदवारहरुको टुंगो लाग्यो तर छलफल जारी रहेकाले थोरै तलमाथि होला,’ स्रोतले भन्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*