एमाले महाधिवेशन : सुरु भयो बन्दसत्र
वेलकम खबर
मंसिर २८, २०८२
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटिमण्डपमा केहीबेर अघिबाट बन्दसत्र सुरु भएको हो । बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
आज बिहान ९ बजे नै सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठक लगायतका कारण सरेर दिउँसो ३ बजेपछि मात्रै सुरु भएको हो । हिजो भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो । बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ ।



















