एमालेले विधान संशोधन नगर्ने, पदाधिकारी संख्या १५ सदस्य नै हुने
काठमाडौं । नेकपा एमालेले विधान संशोधन नगर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधानबाट नै नेतृत्व चयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।उनका अनुसार, २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीका आधारमा नेतृत्व निर्माण गर्ने निर्णय भएको छ ।
बिषेश प्रस्ताव पारित गर्न तयारी गर्न उप महासचिव प्रदिप ज्ञवाली संयोजकत्वमा एक समिति साथै उप महासचिव प्रदिप ज्ञवालीको संयोजकत्वमा माईन्युट कमिटी निर्माण भएको छ । निर्माण गरेको समेत ज्ञवालीले जानकारी दिए ।



















