नवनियुक्त महिला तथा बालबालिका मन्त्रीद्वारा पदभार ग्रहण

वेलकम खबर
मंसिर २६, २०८२

काठमाडौँ।नवनियुक्त महिला तथा बालबालिका मन्त्री श्रद्धा श्रेष्ठले पदभार ग्रहण गरेकी छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका चार नवनियुक्त मन्त्रीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसलगत्तै मन्त्रालय पुगेर मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेकी हुन् ।पदभारका क्रममा मन्त्री श्रेष्ठले राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरेकी छन् ।

सार्वजनिक निकायका नीति, कार्यक्रम, संरचना निर्णय प्रक्रिया तथा कार्यवातावरणलाई लैङ्गिक दृष्टिले परिक्षण गरि लैङ्गिक उत्तरदायी शासन प्रणाली प्रवद्र्धन गर्ने उदेश्यका साथ लैङ्गिक परीक्षण कार्यविधि २०८२ स्वीकृत गरिएको मन्त्री श्रेष्ठले जानकारी दिइन् । मन्त्री श्रेष्ठ यसअघि पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक पदमा कार्यरत रहेकी थिइन् ।  मन्त्री श्रेष्ठलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*