जेन-जी आन्दोलनमा बाह्य घुसपैठ भएको दाबी, समर्थकलाई घर फर्किन आह्वान

वेलकम खबर
भदौ २३, २०८२

काठमाडौं ।जेन-जी नेपालले सोमबार जारी विज्ञप्तिमा आन्दोलनमा बाह्य घुसपैठ भएको दाबी गर्दै आफ्ना समर्थकलाई घर फर्किन आह्वान गरेको छ। संगठनले सुरुमा शान्तिपूर्ण रूपमा भइरहेको प्रदर्शनलाई केही समूहले उग्र बनाउन खोजेको आरोप लगाएको छ।
“हामीले शान्तिपूर्ण आवाज उठाएका थियौँ तर आन्दोलनमा बाहिरबाट घुसपैठ भयो,” विज्ञप्तिमा भनिएको छ, “त्यसैले सबै आआफ्ना घर फर्कनुहोस्।” संगठनले आन्दोलनलाई शान्तिपूर्ण र लोकतान्त्रिक सीमाभित्र राख्न चाहेको भन्दै भोलि फेरि रणनीति तय गर्ने जनाएको छ। यसबीच नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले कडाइका साथ निगरानी बढाएको छ भने कर्फ्यू आदेश जारी नै रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*