ताप्लेजुङका एमाले नेताले बुझाए यस्तो स्पष्टीकरण  

वेलकम खबर
मंसिर २६, २०८२

काठमाडौँ । नेकपा एमाले ताप्लेजुङका दुई नेताले आज स्पष्टीकरण बुझाएका छन । कोशी प्रदेश कमिटीले महाधिवेशन प्रतिनिधि छनौटको बेलामा कारवाही गरेको दुई नेताले आज स्पष्टीकरण बुझाएका हुन ।
महाधिवेशन प्रतिनिधि छनौट प्रकृयामा गत मंसिर ६ गते नेताद्वय एमालेका  कोशी प्रदेश कमिटी सल्लाहकार बलबहादुर साम्सोहाङ र  कोशी पर्यटन विभाग सचिव मणिशङ्कर पोमुले  निर्वाचन कमिटी संयोजक  राम चुडाललाई साङ्घातिक हमला तथा निर्वाचन प्रकृया अवरोध गरेको भन्दै प्रदेश कमिटीले पार्टी सदस्यताबाट निलम्बन साथै जिम्मेवारीबाट मुक्त गदै  १५ दिन भित्र स्पष्टीकरण बुझाउन पत्र काटेको थियो ।
सोही पत्रका आधारमा आज १४ दिन स्पष्टीकरण बुझाइएको बताईएको छ  । प्रदेश कमिटी अध्यक्षलाई सम्बोधन गरी बुझाइएको पत्रमा भनिएका छ ।  पत्रमामा भनिएको छ । ताप्लेजुङ जिल्लामा पार्टी भित्र आन्तरिक समस्या छ र यसको हल गर्न पार्टी नेतृत्वको माथिल्लो तह र जिल्ला नेतृत्वलाई समेत पटक-पटक जानकारी सँगै अनुरोध गर्दै आएको थिए। यहीं सन्दर्भमा पार्टी कोशी प्रदेश कमिटी अध्यक्ष कमरेड घनश्याम खतिवडा र सचिव कमरेड राजकुमार भण्डारीको उपस्थितिमा जिल्ला नेतृत्व संग समेत एक चरण संवाद भएको थियो। सो संवाद पछि अब पार्टीलाई एकता, आपसी समझदारी गर्ने र पार्टी एक टिक्का बनाउने सन्दर्भमा योजना बन्दै थियो । सो अनुसार पार्टीले आयोजना गरेको महत्त्वपूर्ण कार्यक्रमहरूमा सफलताको लागि पहल र सहभागिताबाट पार्टी भित्रको अन्तरविरोध क्रमशः न्यूनीकरण हुँदै गएको महसुस भएको थियो। यसमा मलाई धेरै खुशी लागेको थियो ।पछिल्लो समयमा राष्ट्रिय महाधिवेशनमा सहभागिताको लागि उम्मेदवारी दिएको थिए। राष्ट्रिय महाधिवेशनमा जान नपाउने मेरो विरुद्ध उजुरी आए पछि स्वभाविक रूपले केही छलफल त हुने भो उजुरीकर्ता कमरेडहरू धनेन्द्र मादेन, सन्तोष चाम्लिङ, आशलाल केदेम, मंगलसि केदेम, निर्वाचन संयोजक राम चुडाल, म र कमरेड बलबहादुर साम्सोहाङ बीच केही तर्क वितर्क भयो  

निवेदनको बारेमा छलफल गरौँ भन्दा प्रक्रिया जबर्जस्त ढङ्गबाट बढाउने काम भयो यही बेला मैले निवेदन हेर्न खोजेको थिए मैले निवेदन हेर्न मारदा निर्वाचन संयोजक कमरेड राम चुडालले एकासी मेरो दायाँ आँखामा मुक्का प्रहार गर्नु भयो यहीं बीचमा एकआपसमा तानातान र ठेलाठेल मात्र भएको हो । त्यहाँ कुनै अप्रिय घटना घटेको छैन। साङ्घातिक आक्रमण पनि भएको छैन। हामी दुई जनाको नाम हटाएर निर्वाचन कमिटीले नामावली प्रकाशन गयो । त्यस प्रति मेरो आपति रहेन। महाधिवेशनमा जाने प्रतिनिधिहरु स्वभाविक रूपमा दुई समुह हुने नै भयो । आगामी पार्टी
काम र नेताकार्यकर्ताहरुको बीचमा एकता, समझदारी आवश्यक छ भन्ने कुरालाई समेत ध्यानमा राखेर एघारौ राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधिहरुमा हदैसम्मको लचिलो भएर समझदारी गरियो र निर्वाचन भएन। पार्टी एकताको लागि योभुमिका मैले पनि खेलेको थिए । प्रदेश कमिटीले मलाई स्पष्टीकरण सोधेकोमा धेरै दुख लागेको छ। मेरो नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको रहेछ।
म यो घटनाबाट पीडित भएकोले मैले मेरो कानुनी न्यायको लागि म माथिहातपात गर्ने कमरेड राजकुमार बुढाल माथि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा लिखित उजुरी दिएको छु । मेरोसंवेदनशिल अङ्ग चौथा आँखामा आजको मिति सम्म पनि चोट छ र म घाइते छु। म राष्ट्रिय महाधिवेशनमा जान नपाएपनि पार्टीको हितको लागि नेताकार्यकर्ता अब मिलेर मिलाएर जानु पर्छ भन्ने सोचाइ छ र सम्पूर्ण कमरेडहरुलाई म यसैस्पष्टीकरण पत्र मार्फत अनुरोध गर्न पनि चाहन्छु ।अध्यक्ष कमरेड, यो नै मेरो कमजोरी रहेछ भने म पार्टीको समक्ष आत्मा आलोचना गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिद्धता जाहेर गर्दछु भन्ने उल्लेख छ । 

स्पष्टीकरण एमाले प्रदेशको ईमेल साथै प्रदेश अध्यक्ष र प्रदेश सचिवको वाट्सअपमा पठाईएको जानकारी नेता पोमुले जानकारी दिए ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*