जाडोको लागि घुन्सा प्रहरीलाई स्लिपिङ ब्याग 

वेलकम खबर
मंसिर २३, २०८२

ताप्लेजुङ । जाडो दिन प्रतिदिन बढ्दो छ हिमाली क्षेत्रमा जनजीवन थप कष्टकर बन्दै  गरेको बेलामा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका –६ का प्रहरीलाई पालिकाले न्यानो कपडा वितरण गरेको छ । फक्ताङलुङ गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविर जाने मुख्य प्रवेशद्वार फक्ताङलुङ गाउँपालिका–६, घुन्सास्थित इलाका प्रहरी कार्यालयमा खटिएका सुरक्षाकर्मीहरूलाई न्यानो स्लिपिङ ब्याग सहयोग गरेको हो ।  हिमाली क्षेत्रमा भौगोलिक विकटता र कठ्याङ्ग्रिने जाडोलाई न्यानो बनाउन १० थान स्लिपिङ ब्याग सहयोग गरेको पालिका सदस्य सदस्य सेराप शेर्पाले जानकारी दिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*