प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

वेलकम खबर
मंसिर २१, २०८२

काठमाडौँ। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आइतबार यस्तो आदेश दिएको हो। विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अधिकारीलाई पुर्पक्षमा थुनामा पठाउन आदेश दिए पनि अधिकारीसँगै अनुसन्धानका लागि हिरासतमा रहेका क्यानका निर्देशक मुरारी भण्डारीलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ।

नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको बिगो माग दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी र भण्डारीसहित ५ जनाविरुद्ध यही मंसिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जसमा अधिकारी र भण्डारी भने अनुसन्धानका लागि अख्तियारको नियन्त्रणमा थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*