महानिर्देशक अधिकारीलाई फेरि अर्को मुद्दा
वेलकम खबर
मंसिर २१, २०८२
नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देश प्रदीप अधिकारी पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरणमा मुछिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्न लागेको ८ अर्बबराबरको भ्रष्टाचार प्रकरणमा पाँच पूर्वमन्त्री, १० पूर्वसहसचिवसहितका ५५ जनामध्ये अधिकारीलाई पनि प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
अधिकारी यसअघि नै अर्को भ्रष्टाचार मुद्दामा पक्राउ परिसकेका छन् । १७ मंसिरमा पक्राउ परेका उनीमाथि भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा अनियमितताको आरोप छ ।



















