‘निर्वाचनका लागि आयोग पूर्ण तयारीमा : कार्यबाहक प्रमुख आयुक्त भण्डारी’

वेलकम खबर
मंसिर २१, २०८२

काठमाडौँ ।

निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएका छन्। उनले सरकारले आवश्यक सबै प्रबन्ध मिलाइसकेको र आयोगले कार्यतालिका अनुसार काम अघि बढाइरहेको बताए।

उनका अनुसार आयोगले माग गरेको करिब सात अर्ब मध्ये पाँच अर्ब ९६ करोड बजेट अर्थ मन्त्रालयले सुनिश्चित गरिसकेको छ भने आवश्यकता अनुसार थप बजेट दिने प्रतिबद्धतासमेत सरकारबाट प्राप्त भएको छ। आयोगले समानुपातिक प्रणालीतर्फ निर्वाचनमा सहभागी हुन इच्छुक दललाई निवेदन दिन आह्वान गरेको छ।

यसबेला १२० राजनीतिक दलले निर्वाचनमा सहभागिताका लागि पहिले नै निवेदन दर्ता गराइसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*