अलैँचीको मूल्यमा निरन्तर गिरावट

वेलकम खबर
मंसिर १८, २०८२

फुङ्लिङ (ताप्लेजुङ) । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ । मंसिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ ।
गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन ९४० केजी० अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ । तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न सकेन । त्यसयता क्रमशः घट्दै आएको मूल्य आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको छ । बुधबार प्रतिमन ९३ हजारमा व्यापार भएको अलैँची एक दिनमै एक हजार रुपैयाँले घटेको व्यापारी कमल बरालले जानकारी दिए ।

असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनामै १५ देखि १७ हजार रुपैयाँले वृद्धि भएर नयाँ उत्पादन सुरु भएको ८० हजार प्रतिमनबाट एक लाख दुई हजार रुपैयाँसम्म पुगेको थियो । तर उच्च मूल्य नटिकी फेरि तीव्र गतिमा गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारको माग र मूल्यअनुसार अलैँचीको भाउ निर्धारण हुने भएकाले उतारचढाव भएको व्यापारीहरु बताउँछन् ।
कोशी प्रदेशमा हाल सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१र८२ मा काँकरभिट्टा नाकाबाट मात्र सात अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासमा अलैँची निर्यात ३३ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ । साउन, भदौ र असोज महिनामा काँकरभिट्टा नाकाबाट एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिकटन अलैँची भारत निर्यात भएको जनाएको छ ।-रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*