वन पैदावार व्यवसायी संघमा राई र लेखा संयोजकमा यवागु

वेलकम खबर
मंसिर १७, २०८२

ताप्लेजुङ । वन पैदावार व्यवसायी  सङ्घ ताप्लेजुङको चौथो अधिबेशनले भेनियर सञ्चालक ज्ञानबहादुर राईको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेको छ ।  ताप्लेजुङ सदरमुकाम फुङलिङमा भएको भेलाले उपाध्यक्ष टिकाराम सुनुवार सचिव रविन गुरुङ, सहसचिव किशोर न्यौपाने र कोषाध्यक्ष कुसुम न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ ।
सदस्यमा प्रेमबहादुर नुगो, मनिश हेल्लोक, युवराज बोगटी, मंगलसिं विश्वकर्मा रहेका छन् । 

लेखा समिति संयोजकमा चन्द्रकुमार यवागु तथा सदस्यहरूमा कोपिला भट्टराई र जयप्रकाश भट्टराई चयन भएको जनाइएको छ । व्यवसायिहरूले व्यवसायिक चुनौती, आगामी दिनका कार्ययोजना लगायतका विषयमा समेत छलफल गरेको जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*