एमाले महाधिवेशन :धनकुटा ओखलढुंगा र न: प्रतिनिधि छान्न निर्देशन
काठमाडौ । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि धनकुटामा र ओखलढुंगामा पुन निर्वाचन प्रक्रिया सुरू हुने भएको छ ।
यसआघि भएको प्रतिनिधि छनौट निर्वाचन विधि सम्मत नभएको भन्दै केन्द्रबाट पुन प्रतिनिधि छान्न निर्देशन दिइएको हो । धनकुटामा राजेन्द्र राई र इन्द्रमणि पराजुली समूहबीच प्रतिस्पर्धा छ ।राई समूहले एकलौटी गरेको भन्दै पराजुली समूहले निर्वाचन बहिष्कार गरेको थियो । बहिष्कारबीच पनि राई समूहले प्रतिनिधिको नामावली पठाएको थियो । पराजुली समूहले असन्तुष्टि जनाउँदै उजुरी दिएको थियो । यहाँ मतपत्र समेत च्यातिएको थियो । प्रतिनिधि छनौट प्रक्रिया विधिविपरीत भएकाले केन्द्रले मान्यता नदिएको एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताए । उनका अनुसार धनकुटामा पुनस् प्रतिनिधि छनौट गरिने छ ।
कोशी प्रदेशकै पनि पुनस् प्रतिनिधि छनौट गर्न निर्देशन दिइएको छ ।



















