नेकपा एस कोशीका उपसचिव लामा एमालेमा फर्किए
वेलकम खबर
मंसिर १६, २०८२
ताप्लेजुङ । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा विघटित नेकपा एस कोशी प्रदेशका उपसचिव छिरिङ लामा नेकपा एमालेमा प्रवेश गरेका छन । एकीकृत समाजवादी र माओवादी सहितका दलहरूका बीचमा एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेपछि असन्तुष्ट लामा ‘घर फर्क’ अभियानअन्तर्गत एमालेमा प्रवेश गरेका हुन् ।
पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो, कार्यवाहक अध्यक्ष दिपेन पोमु ,पूर्व जिल्ला अध्यक्ष भूपेन्द्र थेबेलगायतले लामालाई स्वागगत गरेका थिए । लामासँगै २५ जना समाजवादीका नेता तथा कार्यकता एमाले प्रवेश गरेको नेकपा एमाले ताप्लेजुङले जनाएको छ ।















