नेकपा एमाले ताप्लेजुङबाट १२ जना प्रतिनिधि सर्वसम्मत

वेलकम खबर
मंसिर १२, २०८२

ताप्लेजुङ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनका लागि ताप्लेजुङ जिल्लाबाट १२ जना प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन ।  सर्व सम्मत हुनेहरुको नामावली एमाले ताप्लेजुङले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । प्रतिनिधिहरूका खुला तर्फ अनन्त सावाँ, घनेन्द्र मादेन, दिपेन्द्र पोमु (दिपेन),प्रकाश राई (कैलास) छत्रपति प्याकुरेल र ज्ञानेन्द्र लावती रहेका छन ।

महिला तर्फ रन माया गुरुङ, मिना केदेम र टीका सुवेदी र प्रमिला खनाल घिमिरे निर्वाचित भएका हुन त्यस्तै युवा तर्फ गोपाल न्यौपाने निर्वाचित भएका हुन भने दलित तर्फ बुद्धिमान परियार निर्वाचित भएका छन जिल्ला ईन्चार्ज तिलकुमार मेन्याङ्बो प्रदेश कमिटी प्रदेश कमिटी सदस्यहरू बलबहादुर साम्सोहाङ,लगायतका पहलकदमीमा सर्वसम्मत भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*