फङ्फङदेनमा भएको फुटबलका उपाधि गणेश चोकले जित्यो पाए दुई बोरा अलैची

वेलकम खबर
मंसिर ११, २०८२

ताप्लेजुङ। दोश्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि पाँचथरको गणेश चोकले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै गणेश चोकले उपाधि हात पारेको हो ।

 

ताप्लेजुङको मिक्वाखोला–४, साँवाको तेम्बा बजारमा आयोजना भएको पर्यटन तथा सांस्कृतिक मेला अन्तर्गत आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा गणेश चोकले ग्रीन भ्याली मेरिङदेन नाल्बुलाई ३–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यस्तै हिमाली तोक्मेगोला युथ क्लबले रेड डेभिल्स इलामलाई ४–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

उपाधि सँगै गणेश चोकले नगद ३ लाख २ हजार ८२ रुपियाँ बराबरको अलैँची प्राप्त गरेको छ । यस्तै उपविजेता तोक्पेगोला युथ क्लबले १ लाख ५० हजार ८२ रुपियाँ बराबरको अलैँची प्राप्त गरेको छ ।

गत मंसिर ७ गतेदेखि स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको मेला बिहीबार सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*