म आफूलाईप्रधानमन्त्री बन्न पार्टी खोलेको हुँ अरुलाई बनाउन होइन : हर्क साम्पाङ

मदन गौतम
मंसिर ११, २०८२

ताप्लेजुङ । श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देश जलिरहेको र ढलिरहेको समयमा जिम्मा लिने हर्क साम्पाङ मात्रै भएको दाबी गरेका गरेका छन । आज ताप्लेजङ सदरमुकाम फुङलिङमा श्रम संस्कृति पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै धरान नगरपालिकाका मेयर समेत रहेका साम्पाङले दुईवटा नेपाल होइन नेपाल एउटै बनाउने हो उनले भने । काठमाडौँमा तिन वटै तहका सरकारले बजेट विनियोजन गर्ने र अन्य ठाउँमा बजेट नदिएर विभेद गरेको गुनासो पोख्दै अध्यक्ष साम्पाङले । सरकारी कानुन च्यातेर जनताको सेवा सुविधा हेरेर कानुनमा परिवर्तन गर्ने श्रम संस्कृति पार्टीको उद्देश्य रहेको बताए। सरकारी कार्यालय तीन दिन मात्र लगाएर अन्य दिन कर्मचारीले पनि बेल्चा चलाउनुपर्ने साम्पाङको धारणा थियो।
दलतन्त्रको अन्त्य गर्न पार्टी खोल्नुपरेको साम्पाङको भनाई थियो । उनले कर्मचारी शिक्षक पत्रकार विद्यार्थीलाई पार्टीको सदस्यता नदिने समेत बताए । सामाजिक सांस्कृतिक आर्थिक रूपान्तरण र माटो र देशलाई बचाउन श्रम संस्कृति पार्टी खोलेको दाबी गरे । साम्पाङले दलका नेतालाई किसान मजदुर दलितको पार्टी भनेर सुविधा आफू लिएर देशलाई खोक्रो बनाएको आरोप लगाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*