बंगलादेशमा शेख हसिनालाई २१ वर्षको जेल सजाय

वेलकम खबर
मंसिर ११, २०८२

काठमाडौँ।बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित तीन वटा धोखाधडीका मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ ।

विशेष न्यायाधीश-५ मोहम्मद अब्दुल्लाह अल मामुनले प्रत्येक मुद्दामा सात-सात वर्षका दरले सजाय तोकेका हुन् । बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोग (एसिसी)ले गत जनवरीमा शेख हसिना र उनको परिवारका सदस्य विरुद्ध ढाकाको पूर्वाचल क्षेत्रमा सरकारी प्लट गैरकानूनी रूपमा बाँडेको गरेको आरोपमा छ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो ।

बाँकी तीन मुद्दाको फैसला आउँदो डिसेम्बर १ मा सुनाइने छ । अदालतले शेख हसिनाका छोरा सजीब वाजेद जोयलाई पाँच वर्षको कैद र एक लाख टाका जरिवाना तोकेको छ । त्यस्तै, छोरी साइमा वाजेद पुतुललाई पनि पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*