निर्वाचनमा भाग लिने दलको संख्या १०६ पुग्यो, आयोगमा थपियो १९ नयाँ दल

वेलकम खबर
मंसिर १०, २०८२

काठमाडौं । निर्वाचन आयोगले मंसिर १० गतेसम्म दिएको पहिलो समय सीमासम्म निर्वाचन प्रयोजनका लागि १०६ वटा दल दर्ता भएको छ। प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले फागुन २१ गतेको प्रतिनिधिसभामा भाग लिन दल दर्ता गराएका छन्।

त्यस्तै जेनजी आन्दोलनको रापतापमा १९ वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ। कानुनी प्रक्रिया पूरा गरेर दल दर्ताको प्रमाणपत्र लिने नयाँ दलको संख्या १९ पुगेको आयोगले जनाएको छ।योसँगै हाल आयोगमा दल दर्ता हुन आउनेहरूको संख्या १३७ पुगेको छ। अझै १८ वटा दलले आयोगमा दल दर्ताका निवेदन दिएको र त्यसउपर जाचबुँझ भइरहेको आयोगले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*