भ्रमपूर्ण सूचना राख्ने ४८ फेसबुक पेजलाई कारबाही

वेलकम खबर
मंसिर १०, २०८२

काठमाडौँ : प्रेस काउन्सिल नेपालले आचारसंहिता विपरीत सामग्री प्रसारण गरेको भन्दै ४८ सामाजिक सञ्जालमाथि कारबाही गरेको छ।काउन्सिलले विज्ञप्ति जारी गर्दै मिडियाको स्वरूपमा सञ्चालन भई गलत, भ्रमपूर्ण, गालीगलौजयुक्त तथा हिंसा र उत्तेजना फैलाउने सामग्री सम्प्रेषण गर्ने सञ्जालहरूलाई कारबाही गरिएको जानकारी दिएको छ ।

काउन्सिलका अनुसार मिडियाअन्तर्गत वर्गीकृत २५ सञ्जाललाई प्रतिकूल सामग्री हटाउन तथा स्थगित गराउन निर्देशन दिइएको छ। साथै, भविष्यमा यस्ता गतिविधि नगर्न सचेत गराइएको छ । मिडियामा आबद्ध नभएका १३ सामाजिक सञ्जालबारे भने अनुसन्धान गरी आवश्यक कारबाहीका लागि प्रहरीले पत्राचार गरिएको काउन्सिलले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*