प्रधानमन्त्री कार्कीको सचिवालयमा ठूलो कटौती: १४ जना हटाइए

वेलकम खबर
मंसिर १०, २०८२

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय संख्या कटौती गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएकाे जनाएकाे हाे। अब उनको सचिवालय ६ सदस्यीय भएको छ। यी ६ जना पहिले नियुक्त व्यक्तिहरू नै भएको प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालले जानकारी दिए।

यस अनुसार यो कटौतीमा पनि प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ कायम रहने भएका छन् । उनकी श्रीमती संगीता श्रेष्ठ भने हटाइएकाे छ। अब प्रधानमन्त्री कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहने भएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*