प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च पुग्यो एमाले

वेलकम खबर
मंसिर ९, २०८२

काठमाडौं : प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज एमालेले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकबाट एमालेले सर्वोच्च अदालत जाने निर्णय गरेको थियो। ‘विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न नेकपा एमाले संसदीय दल (असंवैधानिक रूपमा विघटित प्रतिनिधि सभा)को तर्फबाट दलका मुख्य सचेतक मा. महेश बर्तौला र सचेतक मा. सुनिता बराललाई प्रतिनिधिसभा पुनःस्थापनाको माग राखी सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न जो जे कामकारबाही गर्नु पर्दछ सो गर्ने गरी दलको तर्फबाट उल्लेखित विषयमा आवश्यक रिट निवेदन दर्ता, वारेस मुकरर, कानून व्यवसायी मुकरर लगायतका कार्य गर्न अधिकार रहनेगरी बैठकले अख्तियारी दिने’, बैठकको निर्णयमा भनिएको छ । रिट निवेदकमा नेकपा एमाले संसदीय दल ( विघटित प्रतिनिधिसभा) को तर्फबाट मुख्य सचेतक बर्तौला र सचेतक बराल छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*