शीर्ष नेताहरूसँग वार्ता गर्दै प्रधानमन्त्री कार्की

वेलकम खबर
मंसिर ८, २०८२

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की राजनीतिक दलका शीर्ष नेतासँगको वार्ताको तयारीमा जुटेकी छन् । २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनको वातावरण सृजना गर्न उनी शीर्ष नेताहरूसँग छलफलमा सक्रिय रहेको जनाइएको छ।

स्रोतका अनुसार दलका दोस्रो तहका नेता र केही नागरिक समाजका अगुवाहरूले प्रधानमन्त्री कार्कीसँग शीर्ष नेताहरूको भेटवार्ताका लागि पहल गरिरहेका छन् ।

विभिन्न दलका शीर्ष नेतासँग वार्ताको तयारी भइरहेको प्रधानमन्त्री कार्यालयका स्रोतले जनाएको छ । ‘छलफल जारी छ। एकैसाथ भेट्ने कि अलग-अलग भेट्ने भन्ने विषय छलफलकै क्रममा छ। राजनीतिक दलका दोस्रो तहका नेताहरू र उहाँहरूसँग निकट नागरिक समाजका प्रतिनिधिहरूसँग सूचना आदानप्रदान भइरहेका छन्।’ स्रोतको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले यही साताभित्र शीर्ष नेताहरूसँगको छलफलका लागि निम्तो पठाउन सक्ने सम्भावना रहेको स्रोतले दाबी गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*