तेम्वाको आगलागी पीडितको लागि काठमाडौँमा राहत संलकन 

वेलकम खबर
मंसिर ८, २०८२

काठमाडौँ । ताप्लेजुङको मिक्वाखोला ४ साँवाको तेम्वामा केही अघि भएको आगलागीको लागि काठमाडौँ राहत सङ्कलन शुरु गरिएको छ ।
ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौँले आगलागी पीडितहरूका लागि काठमाडौँमा राहत सङ्कलन गरेको हो ।  सरोकार केन्द्रले राहत रकम सङ्कलनका लागि केन्द्रका उपाध्यक्ष मिङ्माडण्डु लामाको संयोजकत्वमा एक समिति निर्माण गरेको छ । समितिको सचिवमा धनजीत साँवा र  सदस्यहरूमा सन्तोस मादेन,मोहन योन्जन, अशोक राई, रेनुका यक्सो,अनिल खड्का, खगेन्द्र बरु ङहाङ, जीवन बस्नेत, कुमार कडेल,  लोकमणी मेन्याङ्बो, राजकुमार शेर्पा, रहेका छन ।  संस्थाका उपाध्यक्ष सन्तोष मादेनले हाल सम्म करिब ७० हजार भन्दा बढी रकम संकलन भएको र राहत रकम उठनेक्रम जारी रहेको बताए ।
सरोकार केन्द्रले राहत रकमको लागि ताप्लेजुङ सरोकार केन्द्रको प्राइम कमर्सियल बैङ्कमा रहेको खाता न  ०१८०१३४८ जम्मा गर्न अपिल गरेको संस्थाका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिएका छन । 
 मिक्वाखोला, साँबा स्थित तेम्बामा गत मंसिर २ गते परेको प्राकृतिक विपत्ति आगलागीमा पाँच परिवार प्रभावित भई चारवटा घर पूर्णरूपमा ध्वस्त भएको भएको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*