दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

वेलकम खबर
मंसिर २, २०८२

काठमाडौँ।मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुसन्धानका लागि प्रसाईंलाई ४ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रसाईंलाई प्रहरीले गएराति उनकै निवास पुगेर पक्राउ गरेको थियो। प्रसाईं मंसिर दोस्रो सातादेखि आन्दोलन गर्ने भन्दै त्यसको तयारीमा लागेको अभिव्यक्ति दिँदै आइरहेका थिए।

उनीमाथि शान्ति सुरक्षामा खलल पुर्‍याएकाे आराेप छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*