ताप्लेजुङको फुङलिङले दियो चासोक तङ्नामको लागि विदा

वेलकम खबर
कार्तिक ३०, २०८२

ताप्लेजुङ । मंसिर १ गते सोमवार चासोक तङ्नाम (न्वागी खाने पर्व) को अवसर पारेर ताप्लेजुङको फुङलिङ नगरपालिकाले  एकदिनका लागि स्थानीय बिदा दिएको छ ।
नगरपालिकाकोतर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले सार्वजनिक सूचना आवह्वान गर्दै याक्थुङ चुम्लुङ धर्मावलम्बीहरुको चाड चासोक तङ्नामको अवसरमा एकदिन स्थानीय बिदा दिएको बताउनु भएको छ ।
पौडेलका अनुसार उक्त दिन नगरपालिकाको कार्यालय, वडा कार्यालय र शिक्षण संस्थाहरुमा बिदा कायम हुने छ । स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने अति आवश्यक बाहेकका अरु सबै सेवाहरु समेत बन्द हुने नगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*