दरबारमार्ग जग्गा हिनामिना प्रकरण : पूर्वसचिव अर्जुन कार्की पक्राउ

वेलकम खबर
कार्तिक ३०, २०८२

काठमाडौं । दरबारमार्ग जग्गा हिनामिना प्रकरणमा नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले पक्राउ गरेको हो ।शेर्पा समूहसम्बद्ध थामशेर्कु ट्रेकिङलाई नेपाल ट्रष्ट स्वामीत्वको दरबारमार्गस्थित जमिन लिजमा दिएको प्रकरणमा यसअघि तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका थिए ।सिआईबी प्रमुख एआईजी डा. मनोजकुमार केसीले कार्की पक्राउ परेको पुष्टि गरे । उनका अनुसार अनुसन्धानको दायरामा अन्य व्यक्ति पनि रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*