बादलले भने– फागुन २१ को निर्वाचन हनी ट्र्यापिङ हो, यसमा पर्न हुँदैन : बादल

वेलकम खबर
कार्तिक २९, २०८२

चितवन ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलले सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा गर्ने भनेको निर्वाचन प्रति क्रान्तिलाई वैधता दिने गर्न रचिएको ‘हनी ट्र्यापिङ’ भएकोले ठूला र स्थापित दलहरू यस्तोमा पर्न नहुने बताएका छन्।

नेकपा एमाले चितवनले आज नारायणगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष बादलले भदौ २३ र २४ गते देश र जनता विरूद्व रचिएको षड्यन्त्रलाई वैधता दिन निर्वाचनको नाटक गर्न खोजिएको आरोप लगाए।
उनले फागुन २१ को निर्वाचन अगाडि स्थापित दल र तिनका नेतालाई फसाएर मात्रै कार्कि सरकारले निर्वाचन गर्ने बताए। त्यसका लागि विभिन्न षड्यन्त्रहरू रचिएको उनको दाबी छ।
संविधानले बर्जित गरेको पात्रलाई विदेशीको ईशारामा संविधान च्याँतेर प्रधानमन्त्री बनाईएको भन्दै उपाध्यक्ष बादलले ठूला र स्थापित दलका नेतालाई चुनाबमा भाग लिन नरोके उनलाई पनि विदेशी शक्तिले हटाउने बताए। प्रतिनिधिसभा पुनस्थापना गरेर जनताको सार्वभौम संसदबाट बन्ने सरकारबाट मात्रै निर्वाचन गराउनुपर्ने उनको भनाइ छ।
‘विदेशीले नेपालका स्रोत साधनहरू कब्जा गर्न, चीन र भारत जस्ता देशमा पृथकतावादी आन्दोलन चर्काउन नेपालमा सैनिक अड्डा राखेर प्रयोग गर्न षड्यन्त्र एक कडी भदौ २३ र २४ को कलर रिभोलुसन हो,’ बादलले भने, ‘त्यसका लागि नेपालमा बालेन र रवि जस्ता नाममा कठपुतली जेलेन्स्कीहरू जन्माउन खोजिरहका छन्।’
उनले अहिलेको रक्तक्रान्तिको रङ दिएर सत्ता उल्ट्याउन गरिएको आन्दोलनलाई राजनीतिक तरिकाले विश्लेषण गर्दा नेपालमा सैनिक अड्डा जमाएर भारत र चीनमा विखण्डन मच्चाउने योजना भएको दाबी समेत गरेका थिए।
अहिले पुष्टि गर्न नसकिएपनि समयले पुष्टि गर्ने भन्दै बादलले भने, ‘पश्चिमा साम्राज्यवादीले आफ्नो स्वार्थ पूर्ति गर्नको लागि यो आन्दोलन मचएका हुन्। महाशक्तिहरुको स्वर्थ निश्चित बजारको कब्जा गर्ने, खनिज स्रोतलाई कब्जा गरेर अकुत सम्पत्ति कमाउने छ। यो कठपुतली सरकार, दलाल सरकारमार्फत सैनिक अड्डा कायम गरेर स्रोतमा कब्जा जमाउन चाहन्छन्।’
उनले नेपालमा पश्चिमी देहरुले दलाल सरकार कायम गर्ने, सैनिक अड्डा कायम गर्ने र यहाँको जलस्रोत कब्जा गर्ने, युरोनियम तथा खनिज तत्वहरुमा कब्जा गर्न एउटा रणनीति र नेपाललाई कब्जा गरेर उत्तर र दक्षिणमा तीन अरबको बजार कब्जा गर्न चाहने दाबी गरे।

त्यसैगरि बादलले संविधान मिचेर बनाइएको सुशीला कार्कीको सरकारमार्फत दलाल शक्तिलाई स्थापित गरेर चीन र भारतमा अस्थिरता मच्चाउने रणनीतिमा लागेको बताउँदै थपे, ‘चीनमा पश्चिमी शक्तिहरुले आन्दोलन चलाएर तिब्बत, सिन्ज्यानलाई चीनबाट अलग गराउने र पञ्जब, नर्थ इष्ट, आन्द्र प्रदेश लगायतलाई ३० वटा राज्यमा अलग गर्ने षड्यन्त्र अनुरुप नेपालमा सैन्य अड्डा बनाउन यो प्रतिक्रान्ति घटाएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*