सरकारका सबै मन्त्रीहरूले बुझाए सम्पत्ति विवरण : कहिले होला सार्वजनिक ?
काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आ-आफ्नो सम्पत्ति विवरण बुझाएका छन् ।
प्रधानमन्त्री तथा परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री, परराष्ट्र, रक्षा, खानेपानी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक वन तथा वातावरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कार्कीसहित अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका हुन् ।
त्यसैगरी गृहमन्त्री ओमप्रकाश अर्याल उद्योग, वाणिज्य तथा आपूर्ति कानुन, न्याय तथा संसदीय मामिला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि डा महावीर पुन, कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्चत्री सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको सम्पत्ति विवरण प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
जेनजी आन्दोलनको बलमा बनेको कार्की नेतृत्वको मन्त्रीमण्डल १० सदस्यीय छन् । मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएको पनि सार्वजनिक भने भएको छैन ।



















