मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थपियो

वेलकम खबर
कार्तिक २८, २०८२

काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप गरेको छ। नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी आयोगले पाँच दिन म्याद थप गरेको हो।यसअघि  शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको टेलिफोन वार्तामा म्याद थपका लागि आग्रह गरिएको प्रधानमन्त्री सुशीला कार्कीले बताइन्। सोहीअनुसार आयोगले मतदाता नामावलीमा नाम संकलनका लागि पाँच दिन म्याद थप  गरेको उनले बताइन्।

राष्ट्रिय परिचय नम्बरको आधारमा मतदात नामावलीमा नाम संकलन गर्न पाउने भएसँगै युवा पुस्ताको संख्या बढेको उनले बताइन्। आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको चुनावका लागि निर्धक्क भएर मतदान गर्न पाउने वातावरण बन्ने उनको भनाइ छ।काराबारबाट भागेको कैदीका कारण चुनौती थपिएको भए पनि सरकार आगामी निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन र सुरक्षाको
प्रत्याभूति गराउन प्रतिबद्व रहेको उनले बताइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*