ताप्लेजुङ समाजको तेस्रो अधिवेशन भोलि अध्यक्षमा बराल र महासचिवमा शेर्पा हुने पक्का

वेलकम खबर
कार्तिक २८, २०८२


काठमाडौँ । ताप्लेजुङ समाज नेपालले शनिवार  नयाँ नेतृत्व चयन गदैछ  ताप्लेजुङ समाज नेपालको  साधारण सभा तथा तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको हो । काठमाडौँका धुम्वाराहीमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्न लागेको हो ।
अहिले समाजको अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फे र महासचिव देउमान विष्ट हुनुहुन्छ । अध्यक्ष तुम्बाहाम्फे भने दुई कार्यकाल अध्यक्ष भई सकेकाले बिदा हुने मनस्थितिमा हुनुहुन्छ भने महासचिव विष्ट पनि   महासचिव पदमा नदोर्‍याउने बताएपछि नयाँ महासचिवको खोजी भई रहेका छ ।
अध्यक्षमा भने अहिलेका बरिष्ठ उपाध्यक्ष रमेश बराल हुने निश्चित छ भने बरिष्ठ उपाध्यक्षमा हाल उपाध्यक्ष रहेका अग्नी पौडेलले हुने बुझिएको छ त्यस्तै  महासचिवमा हालका उपमहासचिव रहेको मिङमाकामी शेर्पा हुने पक्का भएको छ । शनिवार अधिवेशनले ११ सदस्यीय  कार्यसमिति चयन गर्ने छ ।
पञ्चकन्यालाई अतिथि बनाएर गरिने कार्यक्रममा  जिल्लाका पूर्वमाननीय समाजका अगुवाहरूलाई निमन्त्रण गरिएको छ ।  ताप्लेजुङ जिल्लाका विकास लगायतका गतिविधि गरिरहेको समाजमा  आजीवन संरक्षक, विशिष्ट संरक्षक र साधारण सदस्य गरेर  ४४६ जना सदस्य रहेको महासचिव विष्टले जानकारी दिनुभयो । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*