निर्वाचन आयोगको कार्यतालिका दलहरूले किन गरे अस्वीकार ?

वेलकम खबर
कार्तिक २८, २०८२

काठमाडौं : निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि बिहीबार राजनीतिक दलहरूसँग छलफल गर्यो ।छलफलका क्रममा आयोगले निर्वाचनको कार्यतालिकासमेत प्रस्ताव गरेको थियो । जसअनुसार उम्मेदवार मनोनयनका लागि माघ ६ गतेको मिति प्रस्ताव गरिएको थियो ।तर दलहरूले भने यसमा सहमति जनाएनन्।

राजनीतिक दलले पहिले भयरहित निर्वाचन हुने किटान हुनुपर्ने दोहोर्‍याएका थिए।‘प्रस्तावित मितिमा दलहरूले सहमति नजनाएपछि अर्को छलफलमा बस्ने कुरा भएको छ’ आयोग स्रोतले भन्यो।

आयोगले प्रचारप्रसारका लागि १५ दिनको समय दिने प्रस्ताव पनि गरेको थियो।त्यस्तै समानुपातिकतर्फको उम्मेदवारी बन्दसूची पेस गर्ने मिति भने पुस १८ र १९ गते तय भइसकेको छ। यसको पनि मिति हेरफेर गर्ने प्रस्ताव दलहरूले गरेका छन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार गठन भएको छ।यो सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने म्यान्डेट पाएको छ। तर, दलहरूले शान्ति सुरक्षाको भरपर्दो अवस्था नरहेको भन्दै भयरहीत वातावरणमा चुनाव हुनेमा आशंका गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*