संसद पुनर्स्थापना,संविधान संशोधन,सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप : ज्ञवाली
दाङ । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले संसद पुनर्स्थापना,संविधान संशोधन,सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप भएको बताएका छन् ।
प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।
´ संसद पुनर्स्थापना,संविधान संशोधन, जेन-जीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप हो ।` ज्ञवालीले भने´यथास्थितिमा चुनाव भएको त्यसको कुनै औचित्य हुँदैन् ।` ´संसद पुनर्स्थापना,संविधान संशोधन,जेन-जीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्स एमालेको रोडम्याप हो ।` पत्रकार सम्मेलनमा उनले भने ´यथास्थितिमा हुने चुनावले शाही कालमा भएको स्थानीय सरकार जस्तै हुन्छ ।` उनले सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण गराउन तयार नभएको आरोप लगाए । दलका नेताको अनुहार हेर्नु छैन् भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनाव बनाउन नचाहेको उनको भनाइ छ ।
उनले संविधान घाइते अवस्थामा भएको भन्दै संविधानले नचिन्ने सरकारले अहिले शासन गरेको दाबी समेत गरे । ´अहिले संविधान घाइते अवस्थामा छ ।` उनले भने´लोकतन्त्र खतरामा छ । संविधानले नचिन्ने सरकार छ । संविधानले अस्वीकार गरेका मन्त्री छन् ।`



















