कक्षा १२ को पूरक परीक्षाको परीक्षाफल सार्वजनिक

वेलकम खबर
कार्तिक २४, २०८२

काठमाडौं :  कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आइतबार पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।बोर्डका अनुसार परीक्षामा १ लाख ४ हजार २६ जना परीक्षार्थी सहभागीमध्ये ७६ हजार ३ सय ६७ जना अर्थात् ७३.४१ प्रतिशत ग्रेड प्राप्त गरेका छन् ।यसैगरी, चारजनाको परीक्षाफल रद्द भएको छ ।  गत असोज ७ र ८ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन गरिएको थियो ।

नतिजामा कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षाहरूले प्रति विषय १ हजारका दरले अनलाइन मार्फत् दस्तुर बुझाइ परीक्षाफल प्रकाशन भएको मितिले १० दिनभित्र राष्ट्रिय परीक्षा बोर्डमा आवेदन दिनसकिने छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*