प्रदर्शन गर्नका लागि सरकारको अनुमति आवश्यक छैन: अध्यक्ष ओली

वेलकम खबर
कार्तिक २३, २०८२

काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका छन्। अध्यक्ष ओलीले संविधान अनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिए पनि सडक प्रदर्शनमा उत्रन सचेत गराएका हुन् ।

काठमाडौंमा आइतबार आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटी बैठकमा सम्बोधन गर्दै उनले जायज माग राखेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिने भएकाले सरकारले अनुमति नदिए पनि केही फरक नपर्ने जिकिर गरे।

उनले भने,अस्ति युवाहरूले शान्तिका लागि मोटरसाइकल र्‍याली गर्छु भन्दा दिइएन । म प्रशासनलाई सुझाव दिन चाहन्छु, अहिले त्यति नै भनौं, सुझाव– आन्दोलन इजाजत लिएर हुने छैन । आन्दोलन अनुमति लिएर हुने छैन । आन्दोलन तपाईंहरूको स्वीकृतिमा हुने छैन । तपाईंहरूको विरोध गर्न तपाईंहरूको स्वीकृत लिन जरुरी छैन। ‘

अध्यक्ष ओलीले सरकारले जेनजी आन्दोलनका अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउने काम नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*