दलसँग संलग्न शिक्षक, प्राध्यापक, कर्मचारीका संघसंगठनलाई शिक्षा मन्त्रालयले मान्यता नदिने

संघसंगठनलाई गैरराजनीतिक, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन आग्रह
वेलकम खबर
कार्तिक २३, २०८२

काठमाडौ । राजनीतिक दलहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूका संघसंगठनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मान्यता नदिने भएको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आज एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलका भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक र कर्मचारीका संघसंगठनलाई मन्त्रालयले मान्यता नदिने उल्लेख गरेका हुन्।शिक्षक, प्राध्यापक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने पनि मन्त्री पुनको भनाइ छ।

मन्त्रालयले शिक्षक तथा कर्मचारीको पेसागत हकहितका साथै संविधानप्रदत्त हकअधिकार अभ्यासको सदैव सम्मान गर्ने पनि मन्त्री पुनले उल्लेख गरेका छन्। साथै मन्त्री पुनले संघसंगठनलाई गैरराजनीतिक, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउन आग्रह पनि गरेका छन्।

यस्तो छ मन्त्री पुनको धारणा;

NoticeM_fl4nqfy_page-0001-1762681314.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*