नयाँबानेश्वरमा करेन्ट लागेर वृद्धको मृत्यु

वेलकम खबर
कार्तिक २०, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर प्रयागमार्गका ७८ वर्षीय विष्णु नेवा श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ। बुधबार दिउँसो आफ्नै घरमा बिजुली मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*