बहुविवाह मुद्दामा एमाले नेता पासाङ शेर्पा पक्राउ

वेलकम खबर
कार्तिक १८, २०८२

काठमाडौं । नेकपा एमालेका नेता  पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार, उनी मंगलबार धुम्बाराहीबाट पक्राउ परेका हुन् । अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो ।

उनको उक्त मुद्दाबारे यसअघि बसेको एमाले सचिवालय बैठकमा पनि कुरा उठेको थियो । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनबारेको विषय उठाउँदै निलम्बन गर्नुपर्ने बताएका थिए ।यद्यपि अध्यक्ष ओलीले भने यो विषय सामान्य भएको बताएका थिए । शेर्पालाई निलम्बन नगर्ने अडानमा ओली टसमस भएका थिएनन् ।  शेर्पा नेकपा एमाले केन्द्रीय सस्य तथा एमाले निकट आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष समेत हुन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*